नियम ३९
शिक्षण संस्था गाभिन सक्ने
: (१) आयोगले स्वीकृत गरेको मापदण्ड बमोजिम कुनै विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्था गाभिन चाहेमा सम्बन्धित विश्वविद्यालयले गाभ्न सक्नेछ।

(२) आयोगले स्वीकृत गरेको मापदण्ड बमोजिम फरक फरक विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्था एक अर्कोमा गाभिन चाहेमा आयोगले स्वीकृति दिन सक्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिम कुनै शिक्षण संस्था अर्को शिक्षण संस्थामा गाभिएमा त्यसरी गाभिएको शिक्षण संस्था र सो अन्तर्गतका सङ्काय, शिक्षक, कर्मचारी तथा विद्यार्थी गाभ्ने शिक्षण संस्थाको हुनेछ।

(४) यस नियम बमोजिम गाभिएको शिक्षण संस्थाको चल, अचल सम्पत्ति, क्रण तथा अन्य दायित्वको सम्बन्धमा त्यस्तो शिक्षण संस्था गाभिँदा कुनै सम्झौता भएको रहेछ भने सोही बमोजिम र सम्झौता नभएको अवस्थामा त्यस्तो गाभ्ने शिक्षण संस्थामा स्वतः हस्तान्तरण हुनेछ।